काठमाडौं । ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ ।

पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’

advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आँकलन गरिएको छ । पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो।

प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com