काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

“अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ”, महासङ्घले भनेको छ।

advertisement

एसिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको समाचार सङ्कलनका क्रममा पत्रकार दाहालमाथि त्यहाँ उपस्थित केही व्यक्तिले महिला भएर पनि यस्तो ठाउँमा किन आएको भन्दै हातपात र दुर्व्यवहार गरेको अनलाइनखबर डटकमले जनाएको छ।

महासङ्घले आज विज्ञप्ति जारी गरी स्वतन्त्रापूर्वक पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम रहेको जनाएको छ । “महासङ्घ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याएर प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com