काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्ने बताए।

advertisement

उनले भने, ‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई चोर भन्ने शब्द प्रयोग गर्दै सिंहदरवार जलाउने उद्घोष गर्छ। हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौँ।’

व्यवस्था परिवर्तनको लागि आफूहरु लडेको उल्लेख गर्दै रक्षाको लागि पनि लड्न तयार रहेको बताए। यो व्यवस्थाको सुरक्षा गराउने दायित्व पनि व्यवस्था ल्याउनेहरुकै भएको बताए।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com