काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन्।
उनलाई जिल्ला अदालत काठमाडौंले आइतबारै धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतले मागेको दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन् । जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो ।
प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार












प्रतिक्रिया