काठमाडौं । नेपाल प्रहरीका डीएसपी सहित उनका परिवारलाई नै मार्ने धम्की दिएका ताप्लेजुङबाट निर्वाचित प्रदेश सांसद खगेनसिंह हाङ्गामलाई जोगाउने प्रयत्न सुरु भएको छ। सांसद हाङ्गामले सार्वजनिक रुपमै डिएसपीका स-परिवारलाई मार्ने धम्की दिएका थिए।

सार्वजनिक रुपमा सुरक्षा निकायका माथिल्लो अधिकृतको परिवारलाई मार्ने धम्की दिएका सांसदलाई जोगाउन राज्य संयन्त्रबाट समेत ठूलो चलखेल भईरहेको छ।

advertisement

समस्या समाधानका लागि भन्दै सार्वजनिक रुपमा सामुहिक हत्याको धम्की दिएका कोशी प्रदेशसभाका कांग्रेस सांसद हाङ्गाम र डीएसपी राजन लिम्बूबीच सहमति गराउन छलफल सुरु भएको छ। डिएसपी लिम्बुलाई प्रभावमा पारी सार्वजनिक रुपमा डिएसपी लिम्बु सहित उनको परिवार मार्ने धम्की दिएका सांसदलाई उन्मुक्ति दिन लागिएको हो।

आइतबार बेलुका अबेरसम्म भएको छलफल सकारात्मक दिशामा अघि बढेको र सोमबार दिउँसो फेरि छलफल गरेर टुंगोमा पुग्ने छलफलमा सहभागीले बताए।

सोमबार दिउँसोको छलफलबाट विवाद समाधान हुने दाबी छलफलमा सहभागी मध्येका एक प्रतिनिधिसभाका सांसद लिलादेवी वोखिमले बताइन् ।

यो छलफलसँगै प्रहरीका परिवारलाई खोजी खोजी मार्ने धम्की दिएका हाङ्गामले उन्मुक्ति पाउने भएका छन्। यस विषयमा स्थानीयले नै आपत्ति जनाएका छन्। ‘हाङ्गामको सट्टामा अरु कोहीले त्यसरी धम्की दिएको भए यसैगरी मिलापत्र गराइन्थ्यो ?’ भन्दै उनीहरुले गल्ती जस्को भएपनि छानविन गरेर कारवाही गर्नुपर्ने माग छ।

दुई दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ठुलाबडालाई कानुन लाग्दैन भन्ने बुझाई आफनो सरकारले बदलेको’ दावी गरेका थिए। तर, यसरी खुलेआम कानुनी राज्यको धज्जी उडाउँदा समेत दाहाल एक शब्द पनि बोलेका छैनन्। वरु सरकारकै निकाय मिलेर मिलापत्र गराउने र दुवैपक्षलाई छुट्कारा दिने अभियानमा लागेको स्थानीयको आरोप छ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com