जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादीहरु भेट्न आएको र उनीहरु हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँग केलाउँदै मुख्यमन्त्री यादवले भने, ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन् ।’

advertisement

उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने ।

मन्दिर, मस्जिद, कक्रस्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए । उनले यो धर्म निरपेक्ष देश भएकाले आफू सद्भाव कायम राखेर काम गर्न चाहेको बताए ।

हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको भन्दै उनले सचेत हुन आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com