काठमाडौं । काठमाडौं महानगरपालिकाले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ जना हवल्दार निलम्बन गरेको छ । २५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो।

ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि महानगरपालिकाले कारबाहीस्वरुप निलम्बन गरेको हो । महानगरपालिकाका अनुसार उनीहरु बढुवा भएर असई भएका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘आज जसजसले अनुशासनको उलंघन गर्नुभयोे, सबै हवल्दारहरु निलम्बन भइसके ।’

advertisement

उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतले मात्रै दज्र्यानी चिह्न वितरण गर्ने अधिकार भएकाले जथाभावी गर्न नपाउने बताए । ‘पार्टी प्यालेस, होटल, चौरमा वा अन्य ठाउँमा दज्र्यानी चिह्न जसले पायो, त्यसले बाँड्ने होइन, महानगरले आधिकारिक कार्यक्रम मात्रै गरेर बाँड्ने कुरा हो’, उनले भने ।

ती नगर प्रहरीले भने आफूहरु बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दज्र्यानी चिह्न नलगाइदिएका कारण अभिभावक मार्फत लगाएको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com