काठमाडौं । विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग सरकारले वार्ता शुरु गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ ।

advertisement

गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।

आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए ।

वार्ताबाट समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले यसलाई शिक्षकको मात्र भनेर नबुझेको बताए ।

उनले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्ने बताए । उनले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् ।
शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com