काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् ।

महाधिवेशनपछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रीय समितिबाट गराएका छन् ।

advertisement

महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिका भएको भन्दै बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मनमै राख्ने र बिर्सने प्रयासमा रहेको बताउँदै आएका छन् ।

आज बिहान सामाजिक सञ्जाल ट्विटरबाट आफ्नो भावना व्यक्त गर्दै थापाले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रूपमा लिने अभिव्यक्ति दिएका छन् ।
थापाले सबै गुनासो, चित्त दुखाइलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्ने समेत बताएका छन् ।

उनले आज ट्विट मार्फत भनेका छन् ‘राजा प्रतिको मेरो गुनासो, असन्तुष्टि आफ्नो ठाउँमा छ । तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र कतिपय चल्तीका आमसञ्चार माध्यमहरू समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटी रहेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु । अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।’

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com