काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको आन्दोलनले माइतीघर–बानेश्वर सडक किनारमा रहेका बिरुवा नष्ट भएकामा व्यङ्ग्य गरेका छन् ।

प्रदर्शनमा आएका शिक्षकहरूले सडक छेउका रूख-बिरुवा हाँगा भाँचेका छन् भने उनीहरूले जथाभाबी उभिँदा र बस्दा दूबोसमेत बिग्रिएको छ । उक्त दृश्यको तस्बिर फेसबुकमा राखेर मेयर बालेनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता लेखेका छन्।

advertisement
  • ‘नटिप्नु हेर कोपिला,
    नचुँड्नु पाप लाग्दछ,
    नच्यात्नु फुल नानी हो
    दया र धर्म भाग्दछ ।।’

काठमाडौँमा हरियालीयुक्त देखिने नमुना सडककै बिरुवाहरू आन्दोलनले नष्ट भएका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com