काठमाडौँ । चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘ब्यारियर’मा परेका विद्यार्थीले एकपटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका छन्।​

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतबार विद्यार्थीहरूले दुईदेखि तीन महिनासम्मको समय दिएर परीक्षामा सामेल गराउन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका हुन्।

advertisement

उनीहरूले कोरोनाकालमा लकडाउनका कारण राम्रोसँग पढ्न नपाई ब्यारियरमा परेको गुनासो गरेका छन्। ब्यारियर सिस्टममा विश्वविद्यालयको शैक्षिक कार्यक्रमको भर्ना रद्द भई विद्यार्थीहरू बहिर्गमनमा पर्ने गर्छन्। मौका परीक्षा नै नदिई दुई वर्ष पढिसकेपछि कुनै विषयमा थोरै अङ्क ल्याउँदा ब्यारियरमा पार्ने गरिएको पीडित विद्यार्थीको गुनासो छ।

 

प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com