काठमाडौं । बझाङमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन्।

छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो।

advertisement

अल्जाइमर भएकी उनलाई जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरीले आइतबार साँझ ६:३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com