सप्तरी । प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा शुक्रबार (आज) साँझदेखि महागङ्गा आरती सुरु हुने भएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ मा रहेको मन्दिरको मूलगेट अगाडि महाआरती सुरु हुने मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए। प्रत्येक दिन गर्ने गरी महागङ्गा आरती सुरु गर्न लागिएको उनले बताए।

advertisement

महाआरतीमा दैनिक पाँच जना संलग्न हुनेछन् । उनीहरूलाई भारतको बनारस र कुशेश्वर स्थानबाट आरतीसम्बन्धी विशेष तालिम दिइएको पीठाधीश ठाकुरले बताए।

उनका अनुसार देशको अन्य ठाउँभन्दा विशेष तरिकाले यहाँ गङ्गा आरती सुरु गरिने छ । छिन्नमस्ता मन्दिरमा दसैँको बेला ठूलो मेला लग्ने गर्छ ।

प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com