काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आउने निर्वाचनमा कि भ्रष्ट सकिने वा त्यो नभए आफ्नो पार्टी सकिने बताएका छन्।

शनिबार दाङको घोराहीमा पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वसाधारणको ठूला दलहरू प्रति वितृष्णाकै कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताए।

advertisement

‘हामी जनताका पक्षमा काम गर्छौं र भ्रष्ट दलहरू एक ठाँउमा रहन सक्ने छैनन्,’ उनले भने, ‘२०८४ को निर्वाचनले कि हामी सकिन्छौं, कि भने ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने छ।’

अब आउने निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गर्न पनि उनले ठूला दलहरूलाई आग्रह गरेका थिए।

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com