काठमाडौँ । काठमाडौँका फुटपाथमा व्यवसाय गर्नेहरूले धन्यवाद र्‍याली निकालेका छन् ।

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरूले र्‍याली निकालेका हुन् ।

advertisement

फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो ।

जसको स्वागत गर्दै व्यवसायीहरूले सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com