काठमाडौँ । अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन्।

आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सोमबार निर्मात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर रकम फिर्ता गरेका हुन्।

advertisement

नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक केसीले निर्मात्री कटुवाललाई दिएका हुन् । फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । केसीले पेश्की रकम लिएर पनि फिल्ममा काम गर्न नमानी आर्थिक विश्वासघात गरेको जाहेरीमा उल्लेख थियो।

प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । आइतबार केसीलाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको थियो।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com