नेपालगञ्ज । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको भएको हो ।

advertisement

ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्‍यालीमा ढुंगामुडा प्रहार भएपछि कर्फ्यु जारी गरिएको हो । नेपालगंज उपमहानगरपालिकाको चार किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ।

 

पूर्वमा राप्ति नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पशिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com