काठमाडौं । सरकारले कुनै पनि बेला धार्मिक दंगा फैलिन सक्ने भन्दै नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ ।

सिंहरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो ।

advertisement

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधान सेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी सहभागी थियो ।

देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेको ठहर गर्दै बैठकले जुनसुकै बेला परिचालन हुनुपर्ने भन्दै सेनालाई सतर्क रहन भनेको हो । बैठकले धरान, मलंगवा र नेपालगञ्जलगायतका स्थानमा भईरहेका घटना सामान्य नभएको र नियोजित योजना अन्तर्गत भईरहेको हुन सक्ने निष्कर्ष पनि निकालेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com