काठमाडौं । अश्लील डान्स गरेर विवादित बनेका कोरियोग्राफर/डान्सर बद्री विष्ट एक मोडेलबाट पिटिएको भिडियो सार्वजनिक भएको छ । बद्रीमाथि तिनै मोडेल रीतु बस्नेतले हातपात गरेकी हुन्, जोसँग उनले अश्लील डान्सको भिडियो बनाएका थिए।

केही महिना अगाडि बद्रीले रीतुसँग कथित ‘चेयर डान्स’ भन्दै अश्लील भागभंगीमासहित गरेको डान्सको भिडिओ टिकटकमा भाइरल भएको थियो । उनले रीतुको अनुहारमा मास्क लगाइदिएर उक्त भिडियो सुट गरेका थिए । रीतुले आफूलाई जबरजस्ती मदिरा सेवन गराइ लठ्ठ बनाएर बद्रीले त्यो भिडियो बनाएको आरोप लगाएकी थिइन् । पछि बद्रीले उक्त भिडिओका लागि माफी मागे।

advertisement

अहिले सार्वजनिक भएको भिडियो क्लीपमा एक रेस्टुरेन्टभित्र बसिरहेका बद्रीलाई रीतुले थर्काउँदै पिटेको देख्न सकिन्छ ।
‘उसले गर्दा मेरो घर फेमिली कोही पनि अहिले मसित बोल्दैन’, घटनास्थलमा रहेका व्यक्तिहरुसँग रीतुले भनेकी छन् । त्यसपछि उनले ‘के गर्‍या तपाईंले भन्नू’ भन्दै बद्रीको कपाल लुछेर बङ कि बङ झापड लगाएको देखिएको छ । बद्री कुनै प्रतिकार गर्दैनन् । रेस्टुरेन्टका कर्मचारीहरुले रीतुलाई रोक्छन् र बाहिर जान आग्रह गर्छन् । रीतुले ‘पुलिस आइसक्यो’ भनेको सुनिन्छ।

फेसबुकमा सार्वजनिक भएको ५५ सेकेन्डको भिडिओमा घटनाको वास्तविकता खुलेको छैन । तीन महिना अगाडि दिएको एउटा अन्तर्वार्तामा रीतुले आफूलाई बद्रीले दुरुपयोग गरेको बताएकी थिइन् । बद्रीसँग डान्स सिक्न जाँदा उनले आफूलाई रक्सी खुवाएर अश्लील हर्कत गरेको रीतुको आरोप थियो।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com