एजेन्सी । अफगानिस्तानमा शनिबार राति ६.३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए।

advertisement

एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ।

अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको छ।

भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल, सैनिक शिविरमा राखिएको हेरातको स्वास्थ्य विभागका अधिकारीले बताएका छन्।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com