काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमुलक तालिम दिने भएको छ। यीमध्ये पाँच हजारलाई रोजगारी दिने योजनासमेत महानगरको छ।

मेयर बालेन शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा आयवृद्धि योजना ल्याइएको बताएका छन्।

advertisement

उनकाअनुसार समृद्धि गौरब योजना र श्रम बैंक स्वर्णिम योजना सञ्चालन गरिनेछ।

‘हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सीममुलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरब योजना ल्याइएको हो,’ सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपराह्न मेयर बालेनले पोस्ट गरेका छन्।

महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै प्लेटफर्ममा ल्याई श्रम बैंकको स्थापना गरेर रोजगारी अवसर बढाउने उनले बताएका छन्।

महानगरका स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरू श्रम बैंकमा आबद्ध हुन सक्ने उनले उल्लेख गरेका छन्।

श्रम बैंकमा आबद्ध भएका दक्ष कामदारलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउने, अर्धदक्ष जनशक्तिलाई सीप विकासका लागि तालिम दिएर काममा लगाउने र अदक्ष कामदारलाई तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरेर रोजगार तथा स्वरोजगार सिर्जना गर्ने महानगरको तयारी छ।

 

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com