काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि शर्मा ओलीले हिन्दु भनेको धर्म नै नभएको अभिव्यक्ति दिएका छन्। एचटिभी खबर नामक अनलाइनलाई दिएको अन्तर्वार्तामा ओलीले यस्तो बताएका हुन्।
हिन्दु धर्मबारे पत्रकार दिवाकरले गरेको प्रश्नमा ‘के हो हिन्दु धर्म भनेको? भन्दै उल्टै प्रश्न गरेका छन्। ओलीले हिन्दु भनेको धर्म नभएको भन्दै वैदिक सनातन धर्म भएको बताए। उनले देवताले मन्दिर जाँदा यस्तो-उस्तो लुगा लगाउ नभन्ने भन्दै प्रचण्डले भारत जाँदा राष्ट्रिय पोशाक फुकालेर गेरु बस्त्रधारण विभिन्न मन्दिरजानु अर्थ नभएको बताए।
ओलीले धर्मको विषयमा दिएको यस अभिव्यक्तिप्रती सामाजिक संजालहरुमा चर्को आलोचना सुरु भएको छ।
प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार












प्रतिक्रिया