काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणपछि सम्पर्कविहीन नेपाली विद्यार्थी विपिन जोशी अपहरणमा परेको आशंका गरिएको छ । इजरायलबाट हवाई उद्धार गरी स्वदेश ल्याइएका नेपाली विद्यार्थीहरूका अनुसार जोशी हमास समूहको अपहरणमा परेका छन् ।

यद्पि सरकारले यसबारे ठोस जानकारी दिन सकेको छैन । जोशी सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । ‘आक्रमणमा परी सम्पर्कविहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ’, उनले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउनेछौँ ।’

advertisement

इजरायलबाट नेपाल फर्केकी नेपाली विद्यार्थी बिबुशा अधिकारीले जोशीलाई हमास समूहले लगेको बताएकी छन् । उनका अनुसार सुरुमा हमासले हानेको ग्रिनेड जोशीले टिपेर उतै फालिदिएका थिए ।

‘१७ जना नेपाली बसेको कोठामा आएको ग्रिनेड जोशीले नफालेको भए सबै जना बच्ने थिएनन्’, उनले भनिन्, ‘साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि सरकारले बचाउनुपर्छ ।’

उनका अनुसार विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको निधन भयो । विपिन सम्पर्कविहीन छन् ।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com