काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेकाले देश युक्रेन हुनबाट जोगिएको दाबी गरेका छन् ।

जनप्रगतिशील मञ्च बेलायतले अल्डरसर्टमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले माओवादी केन्द्र संसदमा तेस्रो दल भए पनि अहिले मुलुककै नेतृत्व गर्ने अभिभावकीय जिम्मेवारीमा रहेको बताए । उनले माओवादी केन्द्रले सरकारको नेतृत्व गरेकाले देश युक्रेन हुनबाट बचेको दाबी गरे ।

advertisement

उनले माओवादीले देशको नेतृत्व नगरेको भए नेपाल विदेशी सेनाले परेड खेल्ने ठाउँ बनिसकेको हुने बताए । ‘यतिखेर माओवादीले यो भूमिका नखेलेको हुँदो हो त यतिखेर नेपाल विदेशी सेनाले परेड खेल्ने ठाउँ बन्थ्यो । नेपाल विगतको अफगानिस्तान जस्तो द्वन्द्वग्रस्त क्षेत्र बन्थ्यो,’ उनले भने ।

देश र जनताका पक्षमा काम गरेकाले माओवादीप्रति जनविश्वास बढेर गएको उनले बताए । समाजवाद स्थापना गर्न पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको गुरुङले बताए ।

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com