काठमाडौँ । नेपाल सरकारले प्यालेस्टिनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको हो । यस्तै मन्त्रालयले मङ्गलवार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

advertisement

मन्त्रालयले विवादको समाधान शान्तिपूर्ण र वार्ताबाट गर्न आग्रह गर्दै भएको छ, ‘हामी नागरिकमाथि भएको आक्रमणबारे चिन्तित छौँ । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com