काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालै गाजाको अल अहली अस्पतालमा भएको आक्रमणबाट निर्दोष नागरिकले ज्यान गुमाउनु परेको घटनाबाट दुःखी र स्तब्ध रहेको बताएको छ ।

 शुक्रबार रास्वपा प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इजरायल र गाजा द्वन्द्वको परिणाम स्वरूप सर्वसाधारणको मृत्यु हुनु गम्भीर र निरन्तर चिन्ताको विषय रहेको बताएका हुन् ।

advertisement

उनले विज्ञप्तिमा भनेका छन्–‘द्वन्द्वको परिणाम दुवै पक्षका धेरै निर्दोष व्यक्ति र परिवारहरूले भोग्नु परेको पीडा र क्षतिको साक्षी हुनु निराशाजनक छ । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

उनले अहिलेको यो चुनौतीपूर्ण समयमा नागरिकहरूको जीवन रक्षा गर्ने कुरालाई सबैको साझा दायित्वलाई सम्झनुपर्ने बताएका छन् । उनले अहिलेको द्वन्द्वको क्रममा नागरिकहरूको सुरक्षालाई प्रमुख प्राथमिकता दिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

उनले द्वन्द्व समस्याको समाधान नभएको उल्लेख गर्दै शान्ति स्थापनाको कामना गरेका छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com