काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयबारे एक खालको राजनीतिक सहमति भएकाे बताइएकाे छ ।

केही समयअघि बसेकाे सर्वदलीय बैठकमा टिकटक बन्द गर्ने/नगर्नेबारे सरकारले १२ बुँदे पक्षधरहरूसँग राय लिएको बालुवाटार स्राेतले इकागजलाई जानकारी दिएकाे हाे ।

advertisement

स्राेतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई भेटेर माैखिक सहमति लिएपछि आज सरकारले टिकटक बन्द गर्ने निर्णय गरेकाे हाे ।

टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् । नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गर्ने उनले बताइन् ।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com