काठमाडौँ । नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र ‘दिमाग खराब’लाई सो नदिएर हेपेको दाबी गरेकी छिन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको र बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’ लाई सो नदिएर हेपेको बताएकी हुन्।

advertisement

उनले लेखेकी छिन्, भक्तपुरस्थित QFX मा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’को बुकिङ अवस्था यस्तो छ। ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको छ। बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’लाई सो नदिएर हेपिएको छ। यो दादागिरी हो। हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो।

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई पाखा र हिन्दी फिल्मलाई काखा गरेपछि प्रदर्शकहरू विरुद्ध स्वस्तिमाको आक्रोश पोखिएको हो। फिल्मको टिमले भने हलबाट फिल्म उतार्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com