काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले छैटौं विकेट गुमाएको छ।

२९औँ ओभरको तेस्रो बलमा विराट कोहली आउट भएका हुन्। ६३ बल खेलेर ५४ रन बनाएका विराट आउट भएसँगै भारत दबाबमा पर्यो ।

advertisement

यसरी भारतलाई एकपछि अर्को झड्का लागेपछि सामाजिक सञ्जालमा म्याच अम्पायर रिचर्ड केटलब्रोको आलोचना सुरु भएको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारत–अस्ट्रेलियाबीच जारी फाइनल खेलका बीच कतिपयले केटलब्रोलाई भारतीय टोलीका लागि दुर्भाग्यपूर्ण भनेका छन्।

कतिपयले भने भारतीय टोलीले जित निकालेर यी सबै दाबीलाई गलत साबित गर्नुपर्ने पनि बताएका छन्।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com