काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँमा मंसिर ७ गते हुन लागेका दुई वटा छुट्टाछुट्टै सम्मेलनलाई मध्यनजर गरेर निषेधित क्षेत्र तोकेको छ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरवार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

advertisement

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम यस्तो आदेश जारी गरिएको छ ।

 

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com