काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका मुख्य अलराउन्डर गुलशन झाले यू–१९ एसिया कप खेल्ने निश्चित भएको छ।

सिनियर राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएका गुलशनले यू–१९ टिमबाट समेत एसिया कप खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

advertisement

उनले यसअघि श्रीलंकामा भएको सिनियर टिम सम्मिलित एसिया कप समेत खेलेका थिए। साथै एसियन गेम र विश्वकप छनोटको टोलीमा उनी महत्त्वपूर्ण सदस्य थिए।

गुलशन सिनियर र जुनियर दुवै टिमबाट नेपालका लागि एसिया कप खेल्ने पहिलो खेलाडी बन्ने भएका छन्।

राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलशनलाई यू–१९ टिममा राख्ने विषयमा नेपाल क्रिकेट संघ क्यानले समेत औपचारिक निर्णय गरेको छ।

प्रशिक्षकसहित सबै सँगको सल्लाहबाट यो निर्णय गरिएको  क्यानका सचिव पारस खड्काले बताए।

नेपाल यू–१९ प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो। यू–१९ एसिया कप डिसेम्बर ८ देखि १८ सम्म यूएईमा हुँदै छ।

प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com