काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा आयोजना हुने विशेष औपचारिक कार्यक्रममा तोकिएकै पोशाकमा उपस्थित हुन सबै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएको छ।

महानगरपालिकाका अनुसार विभागीय प्रमुखहरूका लागि अनिवार्य नेपाली राष्ट्रिय पोसाक (पुरुषको हकमा दौरा सुरुवाल, कोट र टोपी) तोकिएको छ।

advertisement

यस्तै महिलाको हकमा सारी, चोलो र कोट, कर्मचारीहरूले अनिवार्यरुपमा कार्यालय पोसाक र परिचयपत्र तथा महिला स्वास्थ्य स्वयमसेविकाहरूले तोकिएबमोजिमको पोसाक तथा परिचयपत्र लगाएर आउनुपर्ने छ।

महानगरपालिकाले सबै विभाग, सचिवालय एकाई, आयोजना, वडा कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्य उपस्थित हुन पनि भनेको छ।

यही मंसिर २९ गते बिहान ९ बजे सैनिकमञ्च, टुँडिखेलमा कार्यक्रम हुने महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com