वीरगन्ज । वीरगन्ज महानगरपालिका कार्यालयले त्रिभुवन राजपथअन्तर्गत पर्ने परवानीपुर प्रहरी चौकीअगाडि राखेको राँगाको मूर्ति स्थानीयवासीले भत्काएका छन्।

करिब तीन साताअगाडि महानगरपालिका कार्यालयले राजपथको बीचको प्वाइन्टमा राखेको राँगाको मूर्ति स्थानीयले शनिबार भत्काइदिएका हुन्।

advertisement

महानगरपालिकाले सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत उक्त स्थानमा राँगाको मूर्ति राखेको थियो। हनुमान मन्दिर नामले परिचित चोकमा राँगाको मूर्ति राखेर अपमान भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए।

यस विषयमा उनीहरूले दुई साताअघि वीरगन्ज महानरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई ध्यानाकर्षणसमेत गराएका थिए।

महानगरपालिका स्रोतका अनुसार उक्त स्थानबाट राँगाको मूर्ति हटाउन नगर प्रमुख सिंह तयार भएका थिए। तर, दुई सातासम्म नहटाएपछि स्थानीयवासी आफैँले मूर्ति भत्काएका हुन्।

मूर्ति भत्काएको आरोपमा ५ जना स्थानीय युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए। यसमा संलग्न अन्यको खोजी भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com