काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटीअनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन।’

advertisement

बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा रहेको उनले बताए।

‘देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु। केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति कार्यक्रम र बजेट, विकासमा रहेका समस्या समाधान गर्न लाग्ने पक्षमा छु,’ उनले भने।

प्रकाशित मिति: १० पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com