काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले एनसेल प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक नेतृत्व मात्र नभएर संसद्का समितिहरू पनि पैसामा बिकेको आरोप लगाएका छन् ।

एनसेल शेयर बिक्रीबारे प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसद भण्डारीले अधिकार क्षेत्र मिचेर कतिपय समितिले यसबारे निर्णय गरेको भन्दै सबैले पैसा खाएको आरोप लगाएका हुन् ।

advertisement

भण्डारीले भने,‘विगतमा पनि मैले देखेको छु र भोगेको छु । अर्को समितिले गएर निर्णय गरेको छ । पैसा नखाने त कुनै पनि समिति नै भएनन् । मौन बस्न पनि यिनले पैसा माग्ने विगतमा मैले देखेको छु ।’
भण्डारीले अधिकारविहीन समितिहरूको चहलपहल र बहसमा कुनै खोट रहेको दाबी गरे । अहिलेसम्म एनसेल प्रकरणमा राज्य व्यवस्था समिति र लेखा समितिले छलफल गरेर निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com