काठमाडौं । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोड रुपैयाँ भेटी संकलन भएको छ।

भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी संकलन भएको हो। पाथीभरा क्षेत्र विकास समितिले फुङलिङमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रुपैयाँ भेटी रकम संकलन भएको छ।

advertisement

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए।

संकलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मंसिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ रुपैयाँ खर्च भएको समितिले जनाएको छ। सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमनलगायतमा सो खर्च भएको समितिले जनाएको छ ।

खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रुपैयाँ बैंकमा मौज्दात रहेको निर्देशक हाङवाङले जानकारी दिए। बैंकमा मुद्दती खातामा ६ करोड ८८ लाख रुपैयाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार चार सय ४० रुपैयाँ रहेको समितिले जानकारी दिएको छ।

  • -रासस

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com