काठमाडौं । बालकुमारी घटनाका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले प्रदर्शन गरेका छन् ।
शनिबार ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा मागेको हो ।
प्रदर्शनमा सहभागीले ‘प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त अझै कति ?’, ‘नालायक सरकार राजीनामा दे,’ ‘मृतकलाई सहिद घोषणा गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सो पार्टीकी नेत्री एवं सांसद तोसिमा कार्कीले युवाले गरेको प्रदर्शनमा गोली चलाउनु दुःखद भएको बताइन् । उक्त घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।
उनले दुई युवाको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको बताएकी थिईन्।
प्रकाशित मिति: १४ पुस २०८०, शनिबार













प्रतिक्रिया