काठमाडौं । बेरोजगार युवाहरुबाट १० करोड रुपैयाँ ठगी गरेको आरोपमा एक मेनपावर सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महाराजगञ्जको सि स्टार टेलरिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा हुन्। ललितपुरको कोन्जोसोम गाउँपालिका–१ घर भएका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो।

advertisement

उनले बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा पठाउने भन्दै १० करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरकेो प्रहरीले जनाएको छ। उनले प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ।

करोडौ रुपैयाँ लिएर पनि विदेश नपठाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com