काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा अदालतले गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी नेता कृष्णबहादुर महराविरुद्धको मुद्दासँग दाँज्दै उनले कानून सबैलाई बराबर हुनुपर्ने तर्क गरे ।

फेसबुकमा स्ट्याटस लेख्दै शाहीले सम्मानित अदालतलाई सम्मान गर्ने तर एउटै प्रकृतिको मुद्दामा किन फरक फैसला भन्दै प्रश्न गरेका हुन् ।

advertisement

उनले लेखेका छन्, ‘सम्मानित अदालतलाई म सम्मान गर्छु । तर पुर्वसभामुख कृष्णबहादुर महरा र अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने खेलाडी सन्दीप लामिछानेको मुद्दामा फरक के थियो त ?’

१. महरा पीडितको घरमै गएका थिए भने सन्दीप होटलमा

२. महराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन्

त्यसो भए महरालाई चोख्याएको न्यायालयले सन्दीपलाई चैँ किन ८ वर्ष जेल सजाय तोकेको ?

सन्दीपले ८ वर्ष जेल बस्नुपर्छ भने महराले चैँ किन बस्नुपरेन ? न्याय सबैलाई बराबर हुनु पर्ने होइन र ?

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com