काठमाडौं । चन्द्रागिरीस्थित सेतो पहरामा भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान ११:५५मा हिमालचुलीको सेतो पहराबाट पाँच सय मिटर तल खसेको थियो।

advertisement

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएकी ६ वर्षीया बालिका स्मारिका गौतमको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

भ्यानमा सवारमध्ये एक जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

मृत्यु हुनेहरूमा ६७ वर्षीय ओमकार निधि तिवारी,  ६४ वर्षीया कल्पना तिवारी, ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम,६ वर्षीया बालिका स्मारिका गौतम रहेका छन्।

गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल छिन्।

 

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com