काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच चर्का चर्की परेको छ । धरान उपमहानगरपालिकको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्र विक्रम बेघाबीच विवाद भएको हो ।

हर्कले उपमेयर बेघाका विषयमा विषयमा बोलिएको भिडिओ सामाजिक सञ्जालमा शेयर गरेको विषयमा चर्का चर्की परेको हो ।

advertisement

बैठकहरूमा सधैँ शान्त रहने धरानका उपमेयर अइन्द्रविक्रम बेघा कार्यपालिका बैठकमा भने जङ्गिएका थिए ।

कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसङ्ग निकाल्दै फेसबुकमा मेयर साम्पाङले सेयर गरेको उक्त भिडिओबारे कुरा उठाएका थिए ।

बेघाले आफूले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अँठ्याएको आरोप लगाए । उनले आफूले मेयर राईलाई असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे ।

‘तपाईँले खेलाँची गरेको हो ? किन शेयर गर्नुभयो ?’, उपमेयर बेघाले आक्रोशित हुँदै भने, ‘तपाईँलाई काँधमा आँखा चिम्लेर बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिँड्नुस् ।’

उनले आफू पनि जनताको म्याण्डेड पाएर आएको बताउँदै उनले सोधे, ‘मलाई उपमेयर तपाईँले बनाएको हो ? कानून बाहिरको तपाईँको आदेश मान्दिनँ ।’ उनले स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार माग गरेका थिए ।

जवाफमा मेयर साम्पाङ्गले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए । साथै उनले आफूले भिडिओ शेयर गर्नुको कारण पनि बताएका थिए । खासमा फोटो हटाएको विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले क्षमा मागेका थिए । मेयर राईले बेघाको यस्तो कार्यले असहयोग भएको आरोप लगाए । ‘माफी माग्नुपर्‍यो भने मैले माग्ने हो, तपाईँले त्यसरी माग्ने होइन’, मेयर राईले भने ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com