रासस । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु. ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ।

पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु. ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए।

advertisement

उनका अनुसार पुसमा मात्र कूल रु. ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो। पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम संकलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ।

संकलित यो रकम नेपाल बैंक लिमिटेड, सानिमा बैंक र एनएमबी बैंकमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए। संकलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com