काठमाडौँ । राप्रपाले सञ्चालन गर्ने वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले शाहीलाई मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

advertisement

उनकाअनुसार शाहीलाई आन्दोलन मूल समितिका संयोजक अध्यक्ष लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्नेछन् । आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी पनि शाहीलाई प्रदान गरिएको बताए ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com