काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा पूजापाठ गरेका छन्। मधेश प्रदेशको बारा, पर्सा, रौतहट एवं सर्लाहीको धार्मिक भ्रमणमा रहेका शाहले बिहीबार साँझ गढीमाई मन्दिरमा पूजापाठ गरेका हुन।

गढीमाईको दर्शन गर्न आएका शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए। उनीहरूले शाहको पक्षमा केही समय नाराबाजी समेत गरेका थिए।

advertisement

आगामी माघ १३ गते वीरगन्जस्थित लाल बङ्गलाको प्राङ्गणमा पूर्व राजा शाहलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम समेत रहेको बताइएको छ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com