काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो ।

काठमाडौँ महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा भएको अनियमितताको विषयमा अधिकारीको नाम जोडिएको थियो  । उनको नाम जोडिएपछि मेयर बालेन साहले उनलाई बिदामा बस्न भनेका थिए । अन्ततः अधिकारीको सरुवा आयोगमा भएको हो ।

advertisement

युवा तथा कान्छा सहसचिव परियारका लागि यो निकै राम्रो अवसर पनि हो भने त्यतिकै चुनौती पनि छ । सङ्घीय राजधानीस्थित ठुलो महानगरमा मेयर साहको योजना अनुरूप सबैलाई मिलाएर अघि बढ्नु पर्ने चुनौती छ । यद्यपि मेयर साहकै रोजाईमा उनी त्यहाँ गएकोले लय मिलाउन सके उतिकै सहज पनि छ ।

यसअघि नै परियारको नाम महानगरका लागि आएको थियो । परियारका लागि मात्रै हैन सबै युवा सहसचिवको क्षमता प्रमाणित गर्ने अवसरका रूपमा हेरेका छन् सहकर्मीहरूले ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com