एजेन्सी । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।

बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।

advertisement

आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम सुरु गरेको जानकारीमा आएको छ।

यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com