काठमाडौं । आफूलाई सानुभाई नाम बताउने युवराज गुरुङले शनिबार राती छाया सेन्टरको प्लेब्वाई क्लबमा वितण्डा मच्चाएका छन्।

गुण्डा गर्दी संलग्न रहेका युवराज गुरुङले आफ्नो समूह बनाइ राजधानीका रात्रिकालीन रेस्टुरेन्ट, क्लब, डान्स बारमा हप्ता असुली गरिरहँदा छाया सेन्टरमा रहेको सो क्लबमा उनले शनिबार बिहान वितण्डा मच्चाएका हुन्।

advertisement

उनी सहितको समूहले पार्किङ स्थलमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको भिडियो यतिबेला प्रहरीले प्राप्त गरेको छ।

प्रहरी इन्काउन्टरमा परेका कुमार घैटे समूहमा क्रियाशील रहेका गुरुङले यतिबेला राजधानीको ठमेलमा छुटै समूह बनाएर गुन्डा गर्दी गरिरहेका छन्।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com