काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली काँग्रेस प्रवेश गरेका छन्।

नेपाली काँग्रेसको ७८ औँ स्थापना दिवसका सन्दर्भमा मकवानपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले रास्वपा परित्याग गर्दै काँग्रेस प्रवेश गरेका हुन्।

advertisement

न्यौपानेले पछिल्लो समय रास्वपाको गतिविधि चित्त नबुझेर निष्क्रिय बसेको र शुक्रबार आफूले काँग्रेस रोजेको बताए। रास्वपामा ठूलो किचलो रहेको र त्यहाँ अटाउन नसकिने निष्कर्ष निकालेर आफू बाहिरिएको उनले बताए।

काँग्रेसले सबैलाई समेटेर लैजान सक्ने र पुरानो पार्टी भएकाले आफूले रोजेको उनको भनाइ छ। न्यौपाने मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com