काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिसन नै बनाएर गरेको आक्रमणलाई आफूले नटेर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै जनतासँग रास्वपाप्रति आशा भएकाले नै प्रश्न गरेको बताए ।

उनले भने, ‘अहिले जनताको आशा नै रास्वपासँग छ । आशा नै नभएको दललाई अहिले कसले प्रश्न सोध्छ ? पुराना दलले घुस खायो भन्दा कुनै चासोको विषय नै बन्दैन । खान्थे खाए भन्छन् । तर, हाम्रा माननीयहरूको कहीँ सानो कुरा आउँदा पनि कत्रो समाचार बन्छ । हामीलाई खेदेको होइन । रास्वपाप्रति आशा र भरोसा भएकाले यिनीहरू पनि बिग्रिएका हुन् कि हामीलाई सच्चिने ठाउँ दिएको हुनसक्छ । मिसन नै बनाएर गरेको आक्रमणलाई त म टेर्दा पनि टेर्दिनँ ।

advertisement

उनले आशा र भरोसासहित गरेको प्रश्नको सम्मान गर्ने बताए । रविले थपे, ‘आज त्यही प्रश्नकै कारणले हामीबाट कहीँ गल्ती हुन्छ कि भनेर सडक, सदन र समितिमा शब्द नापेर हामीले काम गरिरहेका छौँ । तीनै प्रश्नले हो । प्रश्न सोध्न नछोड्नुहोस् ।’

 

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com