काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुकाएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जिबी र रविबीच दैनिक संवाद भइरहेको र रविकै संरक्षणमा राखिएको बताएका हुन् ।

‘जिबी राईसँग अहिले पनि डे टू डे भट्घाट छ उहाँको । अहिले जिबी राईलाई लुकाएकै रविले हो । रविजीले पटक–पटक जिबी राईसँग छलफल गरिराखेका छन्, संवाद गरिराखेका छन्,’– उनले भने ।

advertisement

सहकारी ठगी प्रकरणमा अदालतले पनि पीडित जनताको पक्षमा फैसला गर्नुपर्ने उनको माग छ । अदालतले पीडित जनताको पक्षमा फैसला नगरे जनता आफैं जागरुक भएर फैसला गर्ने उनको भनाइ छ । उनले सहकारी ठगी प्रकरणमा सरकारले पैसा तिर्न नसक्ने बताए । जसले पैसा ठगेको हो उसैबाट सरकारले तिराएरै छाड्ने उनको भनाइ छ ।

‘अदालले जनताको पक्षमा निर्णय गरेन भने, पीडित जनताको पक्षमा बोल्दैन अदालत भने पीडित जनताको पक्षमा जनता आफैं जागरुक भएर आउँछन् । लिने त लिएरै छाड्छन् ठगहरुसँग । उहाँ (रवि) लुट्दै हिँड्ने, ठग्दै हिँड्ने अनि अर्कोले तिर्छ त ?’ उनले प्रश्न गरे ।

साथै, हिजो (बुधबार) प्रतिनिधि सभामा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उठाएका विषयमा सबै सांसदहरुको ध्यानाकार्षण हुन जरुरी रहेको उनले बताए । गगनको अभिव्यक्ति प्रति आफ्नो समर्थन रहेको उनले बताए ।

‘गगनजीले हिजो जुन कुराहरु राख्नुभयो, यदि इमानदार छौं भने गगनले भनेका कुराहरुमा लाग्नुपर्यो साथीहरु । गगनजीले राख्नु भएको कुराप्रति मेरो समर्थन छ,’– सांसद दोङले भने ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com